• २ आश्विन २०७७, शुक्रबार
सप्तरीमा हात्तीले कुल्चिएर एककाे मृत्यु
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

कञ्चनरुप नगरपालिकामा हात्तीको आक्रमण परी एक वृद्धको ज्यान गएको छ । हात्तीको समूहले गए राति बाली सुरक्षार्थ खेतमा बसेका वडा नं ६ जमुवाका ६० वर्षीय गोसाइ चौधरीको ज्यान लिएको स्थानीयवासी रामकुमार चौधरीले जानकारी दिनुभयो ।

चौधरी लौका खेतीको सुरक्षार्थ खेत जानुभएको थियो । गोसाइका अनुसार जङ्गली हात्तीले लखेटेर उहाँको टाउको कुल्चिएपछि तत्कालै मृत्यु भएको हो । चुरे जङ्गलमा रहेका हात्ती कोशीटप्पु वन्यजन्तु आरक्ष फर्किएका स्थानीयवासीले बताएका छन् । शवपरीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको छ ।

  • ६ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech