• ३ आश्विन २०७७, शनिबार
राजपा सप्तरीका दुई नेता करागार चलान
  • स्टुडियाे संवाददाता

 

सप्तरी जिल्ला अदालतले किर्ते उपभोक्ता समिति गठन प्रकरणमा पक्राउ परेका पूर्व सासंद बीपी यादव र राजपाका केन्द्रीय सदस्य हरिनारायण मण्डल जेल चलान भएका छन् ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासमा आइतबार र सोमबार भएको थुनछेकको बहसपछि राजपा नेपालका केन्द्रीय सदस्यद्वय विपी यादव र हरि मण्डललाई पुर्पक्षका लागि कारागार पठाएको हो ।

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ का सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रकम निकाल्न किर्ते गरेको आरोपमा दायर दुई फरक फरक मुद्दामा उनीहरु सोमबार जेल चलान भएका हुन् ।

किर्ते उपभोक्ता समिति गठन गरेर सरकारी कागज,सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा उनिहरु सहित पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजन इन्जिनियर राजकुमार गोइत,निर्माण सामग्री आपूर्तिकर्ता दिलिपकुमार दास र रापाका स्थानीय नेता रामाकान्त ठाकुरहरुलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो।

गोइतलाई ४ लाख रुपैयाँ, दास र ठाकुरको हकमा सप्तरी अदालतले २ लाख ५० हजार रुपैयाँका दरले धरौटीमा रिहा गरिएको छ ।

  • ८ जेष्ठ २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech