बलिउडकी चर्चित गायिका नेहा कक्कड आफ्नो सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक काठमाण्डौ आउने भएकी छिन् ।
सानै उमेर देखि गायन क्षेत्रमा उदय भएकी नेहा आउँदो जेठ २५ गते शनिबार काठमाडौं आउने भएकी छिन ।
काठमाडौंमा आयोजना हुने ‘नेहा कक्कड लाइभ’ मा नेहाले आफ्ना लोकप्रिय गित संगीत प्रस्तुत गर्ने छिन ।
पारामाउन्ट इन्टरटेन्मेन्ट नेपालले नेहालाई काठमाडौंको ठमेलमा लाइभमा मार्फत दर्शक माझ ल्याउने छ ।
काठमाडौंमा २५ सय दर्शक क्षमताको लर्ड अफ् ड्रिङ्क्स (एलओडी) मा प्रस्तुत गर्न लागेको हो । उनी पहिलोपटक नेपालमा लाइभमा गित संगीत प्रस्तुति दिईने जनाएकी छिन ।
आयोजक संस्थाका प्रमुख दिपक घिमिरे तथा जनार्दन ढुंगेलद्वारा जारी विज्ञप्तीमा जनाइए अनुसार गायिका ‘नेहा कक्कड लाइभ’ कार्यक्रम जेठ २५ गते शनिवार राती ८ बजेपछि प्रँरम्भ हुनेछ । कन्सर्टमा सहभागिता जनाउनका लागि गायिका कक्कड जेठ २४ गते शुक्रवार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाडौं आउने छिन् ।