• २ आश्विन २०७७, शुक्रबार
मुख्यमन्त्री लालबाबु भन्छन् : संघका कर्मचारी फिर्ता लैजाऊ
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विधेयक पारित भएपछि संघीय सरकारले आफ्ना कर्मचारी फिर्ता लैजान सक्ने बताएका छन्।

आफ्नै कर्मचारी भर्ना गर्न टेबुल गराएको निजामति सेवा विधेयकमाथि प्रदेशसभा बैठकमा बुधबार सांसदले राजेखा प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन्।

विधेयकले आफ्नै शासन, आफ्नै प्रशासन’ भन्ने संघीयताको मूल मर्मलाई संस्थागत गर्ने दाबी गदै उनले उक्त विधेयक संघीयता कार्यान्वयनका लागि कोशेढुंगा भएको दाबी गरे।

प्रदेशसभामा सोमबार टेबुल गरिएको उक्त विधेयकमा दुई दिनपछि बुधबार सैद्धान्तिक छलफल गरिएको खबर कान्तिपुर दैनिकमा छ।

‘सचिव कहिले आए र गए अहिले थाहा हुन्न’ विधेयक ल्याउने कुरा खुलाउँदै मुख्य मन्त्री राउतले प्रदेशसभामा भने ‘कर्मचारी–सचिवसँग चर्को बोल्नु भएन। कुराले हर्ट गर्यो भने फेरि हिडिदेलान् भन्ने पीर।’

  • ९ जेष्ठ २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech