• ३ आश्विन २०७७, शनिबार
लहानको कुशवाहा टोलमा किशोरीको शव फेला
  • स्टुडियाे संवाददाता

 

सिराहाको लहान नरपालिका वडा नम्बर ४ कुशवाहा टोलमा एक किशोरीको शव फेला परेको छ । लहानको गोधुलि हाटेल भन्दा १५० मिटर उत्तर कुशवाहा टोलमा बुधबार दिउँसो आफनै घरमा झुण्डिएको अवस्थामा किशोरीको शव फेला परेको हो ।

स्थानीय ज्योति लाल महतोको १३ वर्षीय छोरी गुरिया कुमारी महतो झुण्डिएको अवस्थामा फेला परेकी हुन् । मृतक गुरिया विगत केही दिनदेखि शारीरिक रुपमा अस्वथ्य देखिएको मृतकको आमा शिला देवि महतोले बताइन् ।

मृतकको शव पोष्मार्टमको लागि राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा लगिएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जनकारी दिए । घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • ९ जेष्ठ २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech