• १० असार २०७८, बिहीबार
कालो मरिच सहित सप्तरीबाट एक पक्राउ
  • स्टुडियाे संवाददाता

 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-३ पोर्ताहाबाट २५ किलोको ६० बोरा (१५०० किलो) कालो मरिच सहित जिल्ला सप्तरी रुपनि गाउँपालिका-५ बस्ने बर्ष ३० को भुपेन्द्र प्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कंचनपुर, सप्तरीबाट प्रहरी टोलि खटी गई सरिफ रहमानको कवाडी पसलमा अवैध रुपमा कालो मरिच भण्डारण गरी रहेको स.१.च.४४८ नम्बरको टाटा पिकअपबाट अनलोड गरी सोही कवाडी पसलमा भण्डारण गरेको अवस्थामा ५१ बोरा, गाडी भित्रबाट ५ बोरा र अनलोड गरी आँगनमा राखिएको ४ बोरा सहित उक्त परिमाण बराबरको कालो मरिच फेला पारी बरामद गरी उक्त गाडी सहित चालक निज शर्मा समेतलाई पक्राउ गरेको छ । उक्त बरामद गरिएको मरिच सहित गाडी र चालकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा पठाईएको छ ।

  • ९ जेष्ठ २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech