• ३ आश्विन २०७७, शनिबार
टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
  • स्टुडियाे संवाददाता

 

मोरङको सुन्दरहरैचा नगरपालिका-१० खोर्साने केरावारी सडक खण्डमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

आज बिहान ९:१५ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को १ ख ४३५५ नम्बरको टिपरले बिपरीत दिशाबाट जाँदै गरेको को ५ प ५५०० नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक केरावारी गाउँपालिका-९ का ४८ बर्षीय बम बाहदुर बस्नेत गम्भीर घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारकै क्रममा बिहान १०:४० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ । टिपर र टिपर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

  • ९ जेष्ठ २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech