• ३ आश्विन २०७७, शनिबार
सिरहामा बस र ट्रक ठोक्किँदा दुईको मृत्यु , २५ घाइते
  • स्टुडियाे संवाददाता

 

बिहिवार राती सिरहाको मिर्चैयामा बस र ट्रक ठोक्किँदा दुईको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मिर्चैया नगरपालिका स्थित प्रयागपुर चाेकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु र २५ जना घाइते भएका छन्।

बिहिवार राती पुर्वदेखि काठमाडौंलागि हिड्ने ना ८ ख ९८२ नम्बरको प्राइम बस र पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुई जनाको मृत्यु र २५ जना घाइते भएका हुन ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी अनुसार दुर्घटनामा दुईको जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। घाइतेमध्ये ८/१० जना गम्भीर रहेका छन्।

बसमा सबार मृत्कको शनाखत हुन सकेको छैन । यता घाइतेको स्थानीय अस्पतालमा उपचाररत छ भने अरु गम्भीर घाइतेहरुलाई जिल्ला बाहिर पठाएको छ ।

  • १० जेष्ठ २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech