• २ आश्विन २०७७, शुक्रबार
लोकसेवाले विभिन्न तहमा गर्दैछ विज्ञापन, मंसिरभित्रै सबैको नियुक्ति हुने
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

नेपाल सरकारले विभिन्न स्थानीय तहमा कर्मचारी भर्ना अन्तर्गत मंसिर भित्रै सबै स्थानीय तहका लागि पदहरुको पदपूर्तिसम्बन्धि विशेष कार्यतालिका सार्वजनिक गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी बाधा अड्काउ फुकाएसँगै लोक सेवा आयोगले बिहीबार जेठको तेस्रो बुधबार विज्ञापन गर्न नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।

आयोगले तालिका सार्वजनिक गर्दै विज्ञापन–सूचना प्रकाशनदेखि परीक्षा सञ्चालन, लिखित परीक्षा नतिजा तथा अन्तरवार्ता र सिफारिसको मितिसमेत तोकेको छ।

कार्यतालिकाअनुसार चौथो, पाँचौँ, छैटौँ र नवौँ तहसम्मका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरिनेछ।

असोज–कात्तिकमा नतिजा प्रकाशन हुने र कात्तिक–मंसिरमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगको कार्यतालिकामा उल्लेख छ। त्यसैगरी, प्राविधिक पदको लिखित परीक्षा साउन–भदौमा सञ्चालन हुनेछ। भदौमा नतिजा प्रकाशन हुने तथा भदौ–असोजमा अन्तर्वार्ता र सिफारिस गरिने आयोगले जानकारी गराएको छ।

  • १० जेष्ठ २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech