• ७ आश्विन २०७७, बुधबार
लोकसेवाले ५५५ स्थानीय तहको लागि १४६२ पदमा बिज्ञापन गर्दै
  • स्टुडियाे संवाददाता

 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाट प्राप्त थप रिक्त दरबन्दीसहित १४ हजार ६ सय ६२ रिक्त पदहरू पदपूर्तिका लागि लोक सेवा आयोगले बिज्ञापन खोल्ने भएको छ ।

मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै माग भई आएका पदहरू एकीकृत गरी पदपूर्ति गर्ने प्रयोजनार्थ लोक सेवा आयोगमा पठाएको जनाएको छ । यता आयोगले जेठ १५ गते बुधबार बिज्ञापन गर्ने समय तालिका समेत निकाली सकेको छ ।

मन्त्रालय मार्फत पठाएको मागको आधारमा लोक सेवा आयोगले पदपूर्ति गर्न सक्ने व्यवस्था कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ मा रहेको हुँदा सोही बमोजिम विभिन्न ५५५ स्थानीय तहबाट करिब १४, ६६२ रिक्त पदहरूमा पदपूर्तिका लागि माग भई आएको र ती मागहरू एकीकृत गरी पदपूर्ति गर्ने प्रयोजनार्थ लोक सेवा आयोग पठाई सकिएको छ ।

 

कर्मचारी समायोजन पश्चातसमेत स्थानीय तहहरूमा ठुलो सङ्ख्यामा पद रिक्त रहन गएको हुँदा ती रिक्त पदहरू शीघ्र पदपूर्ति गर्ने विषयलाई यस मन्त्रालयले उच्च प्राथमिकतामा राखेको मन्त्रालयका सहसचिव तथा प्रवक्त्ता भूपाल बरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ यसका लागि लोक सेवा आयोगसँग समन्वय गर्नुका साथै आवश्यक सहयोग गरिरहेको छ ।

  • ११ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech