• ४ आश्विन २०७७, आईतवार
सरकारी वकीलहरुको ‘दोश्रो प्रादेशिक सम्मेलन’ जनकपुरमा सम्पन्न
  • स्टुडियाे संवाददाता

 

सरकारी वकीलहरुको ‘दोश्रो प्रादेशिक सम्मेलन’ प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा सम्पन्न भएको छ । ‘सुदृढ फौजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार’ भन्ने मुल नाराका साथ जनकपुरमा उक्त सम्मेलन सम्पन्न भएको हो ।

महान्याधिवक्ताको कार्यालय, काठमाण्डौका सह-न्यायधिवक्ता श्री संजिव राज रेग्मीको अध्यक्षता तथा उच्च अदालत, जनकपुरका माननिय मुख्य न्यायधिश श्री हरी कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा धनुषाको जनकपुरमा आयोजित कार्यक्रमबीच १ नम्बर प्रदेश र २ नम्बर प्रदेशका अनुसन्धानकर्ता प्रहरी अधिकृतहरु र अभियोजनकर्ता सरकारी वकीलहरुको “दोस्रो प्रादेशिक सम्मेलन २०७६” १५ बुदे घोषणा पत्र जारी गर्दै शनिवार सम्पन्न भएको छ ।

महान्याधिबक्ताको कार्यालय, काठमाण्डौको सहकार्यमा प्रहरी प्रधान कार्यालय, नक्सालद्वारा आयोजित उक्त सम्मेलन शुक्रवार देखी शुरू भएको थियो ।

सम्मेलन समापनका अवसरमा सह-न्ययधिवक्ता रेग्मीले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरु विच समन्वय र सहकार्यको अवस्था सुदृढ हुनु पर्नेमा जोड दिनु हुँदै बस्तु निष्ठ तथ्य परक अनुसन्धानबाट मात्र पिडितले सहि न्याय पाउन सक्ने हुदा सदैव पिडितको मन जित्ने किसिमको अनुसन्धान र अभियोजन गर्नु पर्ने वताउनु भयो ।

सोही अवसरमा समापन समारोहका प्रमुख अतिथि माननिय न्यायधिश हरी कुमार पोख्रेलले प्रहरीको अनुसन्धान र सरकारी वकीलको अभियोजनका आधारमा तटस्थ रही अदालतले फैसला गर्ने हुँदा अनुसन्धान कार्य वस्तुनिष्ठ , प्रमाणमुखी हुनुपर्ने वताउनु भयो ।

समापन समारोहमा प्रहरी बरीष्ठ उपरीक्षक भिम प्रसाद ढकाले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा सहभागीको तर्फ बाट पत्रकार महासंघ धनुषाका, अध्यक्ष अनिल मिश्रले आफ्नो बिचार राख्नु भएको थियो ।

छलफलबाट सर्व सहमतिले पारित गरेका १५ बुदे घोषणा पत्र जिल्ला न्यायधिवक्ता शम्भु गौतमले पढेर सुनाउनु भएको कार्यक्रममा नेपल प्रहरीको तर्फबाट प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान एवंम कार्य बिभागका प्रहरी नायव माहानिरीक्षक सूर्य प्रसाद उपाध्याय ले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

समापन समारोहमा अपराध अनुसन्धान एवं कार्य विभागका प्रहरी नायव महानिरीक्षकहरु, बिज्ञ,चिकित्सक, संचारकर्मी लगाएत १ र २ नम्बर प्रदेशका अनुसन्धान प्रहरी अधिकृत, सरकारी वकीलहरुको उपस्थिति रहेको थियो ।

  • ११ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech