सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ लाई बालविवाहमुक्त वडा घोषणा प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले गरेका छ्न ।
धुमधामका साथ गाउँपालिकाको कार्यालयमा वडा कार्यालयद्वारा आयोजित बालविवाहमुक्त घोषणा सभामा प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बालबिबाहमुक्त वडा घोषणा गरेका हुन ।
सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीले आयोजनामा सम्पन्न बाल बिबाह मुक्त वडा घोषणा तिलाठी कोइलाडी गाउँपालिकाको सहकार्यमा भएको हो ।
मन्त्री साहले समाजमा परिवर्तन नहुने बताउदै समाज परिर्वनका लागि सामाजमा बालविवाहमुक्त हुनुपर्ने उल्लेख गरे । उनले दाइजो प्रथाले पनि समाजमा बालविवाह बढेकामा चिन्ता व्यक्त गरे ।