• ४ आश्विन २०७७, आईतवार
मधेशी, इन्डियन, धोती भन्दै काठमाडौंमा कुटिए एक व्यवसायी
  • स्टुडियाे संवाददाता

 

नेपालको राजधानीमा मधेसका जनताहरु असुरक्षित बन्दै गएको छ । शुक्रबार राति मधेशी समुदायका एक व्यवसायी माथि काठमाडौंमा निर्घात कुटपिट भएको छ ।

काठमाडौंमा व्यवसायी गर्दै आएका महोत्तरी जिल्लाका महोत्तरी गाउँपालिका १ पर्साका हरिराम यादव कुटिएको हो ।

उनी माथि एक समुहले कुटपिट गर्दै मधेशी, इन्डियन, धोती भन्दै गाली गलौज समेत गरेको पीडितको भनाई रहेको छ ।

काठमाडौंको बसुन्धरास्थित पसल सञ्चालन गर्दै आएका यादवमाथि शुक्रबार राति राती ९ बजे तीन जनाको समूहमा आएका युवाहरुले एक्कासी आक्रमण गरेका थिए ।

उनी पसल बन्द गरेर घर फर्कने क्रममा तीन जनाको समूहले टाउकोमा रड प्रहार गरी घाइते बानाएको छ । यादवको उपचार बसुन्धारास्थित बिपि स्मृति होस्पिटलमा भइरहेको छ । उनको टाउकोमा सात वटा टाका समेत लगाइएको पारिवारिक स्रोतले जनाएको छ ।

रडले प्रहार गर्ने गरी घाइते बनाएको समूहको पहिचान हुन सकेको छैन ।

  • ११ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech