• ६ आश्विन २०७७, मंगलवार
हात्तीआतंकले स्थानीय त्रसित : दर्जन घर भत्कायो
  • स्टुडियाे संवाददाता

 

सप्तरी जिल्लामा जङ्गलि हात्तीआतंकले स्थानीयहरु हैरान भएको छ । हात्तीले राती दिनहुँ दुःख दिदा सप्तरीका स्थानीयहरु त्रसित बन्दै गएको हो ।

सप्तरीको उत्तरी र पूर्वी क्षेत्रमा जङ्गली हात्तीको आंक मच्चाएको छ । हात्तीले धनजनको क्षति तथा मान्छे मार्न थालेपछि सर्वसाधारणमा त्रसित भएको छ  । एक सातामै सप्तरीको विभिन्न स्थानमा जङ्गलि हात्ती गाउँ पस्दा दर्जनभन्दा बढी घर भत्काएको छ ।

सप्तरीको कञ्चनरूप नगरपालिका , अग्निसाइर कृष्णासवरण गाउँपालिका र रूपनी गाउँपालिकाका विभिन्न गाउँमा एक दर्जनभन्दा बढी घर भत्काएका छन् । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ का आशिष चौधरी, बलबहादुर तामाङ, डुब्जसिंह तामाङ, दीपक विश्वकर्मा,डुम्जिङ तामाङ , मानबहादुर तामाङ र जाकिर मियाँको घर भत्काएको छ भने सीतापुरमा रहेको स्वास्थ्य चौकीमा समेत क्षति पुर्याएको छ ।

यस अधि सप्तरीको तीनवटा हात्तीको समुहले अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ मा घर भत्काएर चामाल, कोदो, मकै र घरभित्र रहेको भाँडाकुडासहित सामान नष्ट गरेको स्थानीय बासिन्दाले बताएका छन् । यस्तै रुपनी गाउँपालिका गाउँपलिका ६ का जगरूप यादव र डिकबहादुर एस्माली मगरको घरमा समेत हात्तीले क्षति पुरयाएको थियो ।

यता गत ६ जेठमा हात्तीको आक्रमणबाट परी कञ्चनरूप नगरपालिका–६ जमुवाका ६५ वर्षीय गोसाई चौधरीको मृत्यु भएको थियो । यस्तै, गत २० चैतमा हात्तीकै आक्रमणबाट हनुमाननगर कंकालिनी–१ भारदहका ३५ वर्षीय पवन लौगी घाइते भएका थिए ।

कुनै पनि वेला हात्तीको आक्रमणमा परिने डरले स्थानीय बासिन्दा राति सुत्न समेत छोडी सकेको छ । जङ्गली हात्तीको समूहले सप्तरीको पूर्वी क्षेत्र र उत्तरी क्षेत्रमा घरमा क्षति पुर्याउनुका साथै किसानले लगाएको लाखौँको बालीनाली नष्ट गर्दै आएको छ ।

  • ११ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech