सप्तरीको टापु भन्ने एक गाउँ भारतीय पक्षको कारण डुबानमा परेका छन । कोशी नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काउने क्रममा भारतीय पक्षले कोसी नदीमा वनाएको प्यालट च्यानलमा शुक्रवार अबेर साँझ एक्कासी पानी छोडदा सप्तरीको टापु भनिने गोबरगाढा गाउँ अहिले डुवानमा परेका हुन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १३ गोबरगाढाका झण्डै ९० परिवारका करिब ३ सय सर्वसाधारण पछिल्लो २४ घण्टा देखि सम्पर्कविहीन भएका छन्।
सप्तरीको उक्त गाउँका ९० परिवार पछिल्लो २४ घण्टादेखि सम्पर्कबिच्छेद भएको छ । भारतीयले एकतर्फी खनेको च्यानलमा पानी छोड्दा हनुमाननगर १३ गोबरगाढाका बासिन्दा बीच कोसीमै घेरिएको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहले बताए ।
नदीको प्राकृतिक बहाव पूर्वतर्फ रहेका बेला भारतीय अधिकारीहरुले नदीको मध्यभागभन्दा पश्चिम आएर पाइलट च्यानल खनी बहावलाई कृतिम तरिकाले पश्चिमतर्फ फर्काउँदै गोबरगाढा बस्ती डुबानमा पार्नुका साथै नेपालमा रहेको कोसीको पश्चिमी तटबन्धमाथिको जोखिमलाई बढाएको मेयर साहले बताए ।
आपत्कालीन वचावका लागि राखिएको नगरपालिकाको २ थान डुंगासहित झण्डै आधा दर्जन डुंगाहरु समेत नदीले वगाएर लगेको साहले जानकारी गराए।