• ४ आश्विन २०७७, आईतवार
भोलिको बन्दलाई लक्षित गरि बम बनाउदै गर्दा बिस्पोट भएको आशंका
  • स्टुडियाे संवाददाता

 

काठमाडाैँको सुकेधारमा आइतबार दिउँसो भएको विस्फोट नजिक घट्टेकुलोमा विप्लव समूहको नेपाल बन्द सफल पारौं भन्ने पर्चा भेटिएको छ ।

विप्लव समूले भाेलिको बन्दलाई लक्षित गरि बम बनाउँदै गर्दा विस्फोट भएको हुन सक्ने आशंका गरेको छ । घाइते भएका रविन केसी विप्लव समूहका विद्यार्थी नेता भएको पुष्टि भएको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले अनामनगर र सुकेधारामा भएको विस्फोटमा नेत्रविक्रम चन्द विप्लव समूहको हात रहेको बताएका छन्।

अनामनगरको घट्टेकुलोस्थित लोकमञ्जरी कार्कीको घरमा र सुकेधारास्थित शैलुन भित्र भएको विस्फोट बम बनाउने क्रममा भएको जानकारी सुवेदीले दिएका छन्।

‘दुवै विस्फोट एकै प्रकृतिको छ। यो घटनामा विप्लव समूहको हात रहेको प्रमाण हामीले फेला पारेका छौँ’, सुवेदीले भने, ‘यी दुवै घटना ग्यास सिलिन्डरलाई बममा परिणत गर्ने क्रममा प्राविधिक गडबडीले हुन गएको देखिएको छ। सुकेधार विस्फोटमा विप्लवका एकजना नेताको ज्यान गएको खुलेको छ।’

प्रहरीका अनुसार दुवै ठाउँको घटना टाइम बम बनाउने क्रममा भएको हो। सुकेधारामा भएको विस्फोटमा नख्खुस्थित एनसेल कार्यालयमा भएको विस्फोटमा संलग्न रहेका प्रहरीले जनाएको छ।

  • १२ जेष्ठ २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech