• २ आश्विन २०७७, शुक्रबार
कोठाभित्र यस्तो अवस्थामा भेटियो विप्लवका कार्यकर्ताको शव
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

काठमाडौंको बैद्यखानास्थित एउटा घरमा बम पड्किँदा मृत्यु भएका विप्लवका कार्यकर्ताको शव पुरिएको स्थानलाई नेपाली सेनाले घेराबन्दी गरेर अनुसन्धान गरेको छ ।

अपरान्ह ४ बजेर २० मिनेटको समयमा अनामनगरको घट्टेकुलोस्थित एकतल्ले घरमा विस्फोट भएको हो ।

घट्टेकुलोस्थित लोकमञ्जरी कार्कीको घरमा विस्फोट हुँदा एकजनाको ज्यान गएको छ। यो घरमा विस्फोट हुँदा नेत्रविक्रम चन्द विप्लवनिकट अखिल क्रान्तिकारी त्रिचन्द्र क्याम्पस इकाइ सभापति रविन केसी घाइते भएका छन्।

प्रहरी प्रवक्ता डीआइजी विश्वराज पोखरेलका अनुसार दुवै स्थानको विस्फोट एकै प्रकृतिको छ । ‘दुवै स्थानमा करिब एकै समयमा विस्फोट भएको पाइयो’, पोखरेलले भने, ‘घटनाको प्रकृति हेर्दा एकैजस्तो देखिन्छ। प्रारम्भिक अनुसन्धानमा बम बनाउँदै गर्दा विस्फोट भए जस्तो देखिन्छ।

बम बनाउँदै गरेको अवस्थामा बिष्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

बम कति शक्तिशाली र कुन प्रकारको थियो भन्ने विषयमा नेपाली सेनाको विशेषज्ञको टिमले अनुसन्धान गरिरहेको छ ।

भित्र र बाहिरबाट सिमेन्टीले प्लास्टर गरिएको कच्चीघरमा भएको बम बिष्फोटपछि माथिको छत खस्दा नेकपाका कार्यकर्ताको शव पुरिएको अवस्थामा रहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी काजीकुमार आचार्यले जानकारी दिए ।

‘नेपाली सेनाले बम बिस्फोट भएको स्थानलाई आफ्नो तरिकाले कारबाही र अनुसन्धान गर्दै छ’, उनले भने, ‘एकजना घाइतेलाई उपचारका लागि अस्पतालमा लगिएको छ ।’

बम बिस्फोट भएको कोठामा विप्लवका पाँच जना रहेको प्रारम्भीक अनुमान प्रहरीको छ । बम बिस्फोट हुनेवित्तिकै तीन जना व्यक्तिहरू फरार भएका छन् । उनीहरूको खोजतलास गरिएको प्रहरीले जनाएको छ ।

बनाउँदै गरेको बम बिष्फोट हुँदा घाइते भएका अखिल क्रान्तिकारी त्रिचन्द्र क्याम्पस ईकाइ अध्यक्ष रविन केसी घाइते अवस्थामा कोठाबाट बाहिर आएका थिए ।

रगतै रगतको अवस्थामा बाहिर आएका अध्यक्ष केसीलाई तत्काल अस्पताल लगिएको थियो ।

  • १२ जेष्ठ २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech