• २ आश्विन २०७७, शुक्रबार
सप्तरीमा दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

सप्तरीमा शनिबार राती मोटरसाइकल र ट्रयाक्टर ठोक्किएर दुर्घटना हुँदा मनिष चौधरीको मृत्यु भएको छ ।

सप्तरीको रुपनी गाउँपालिका ६ स्थित पूर्व पश्चिम राजमार्गमा भएको दुर्घटनामा सप्तरीको मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका ११ निवासी २२ वर्षीय मनिष चौधरीको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको स १ त ७४०४ नम्बरको ट्रयाक्टर र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ५ प ४०५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर दिएको थियो ।

यसैगरी दुर्घटनामा मोटरसाइकल पछाडी सवार स्थानीय २० वर्षीय सत्य माझी घाइते भएका छन्। उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको सप्तरी प्रहरीले जनाएको छ।

यता ट्रयाक्टर र चालकलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको जनाएको छ ।

  • १२ जेष्ठ २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech