• ८ आश्विन २०७७, बिहीबार
काठमाडौंमा फेरि अर्को बम बिस्फोट : विप्लवका दुई कार्यकर्ता घाइते
  • स्टुडियाे संवाददाता

 

काठमाडौँको नागढुङ्गामा अर्को बम बिस्पोट भएको प्रहरीले जनाएको छ । चन्द्रगिरी नगरपालिकास्थित नागढुंगामा आफैँले बोकेको बम विस्फोट हुँदा विप्लवका कार्यकर्तासहित दुईजना घाइते भएका छन् ।

मोटरसाइकलमा बम बोकेर लैजाने क्रममा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बा २८ प ८१४५ नम्बर मोटरसाइकलमा आकाश लामा र बुद्ध लामाले बम बोकेर हिँडिरहेका समय विस्फोट भएको थियो ।

नागढुङ्गाको इँटाभट्टा नजिकै भएको बम विस्फोटमा दुईजना घाइते भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । थानकोट वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार लामाको ढाडमा चोट लागेकाले वीर अस्पताल लगिएको छ । अर्का घाइतेको शहीद मेमोयियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

  • १२ जेष्ठ २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech