• ८ आश्विन २०७७, बिहीबार
कोटेश्वरबाट प्रेसर कुकर बमसहित ७ जना विप्लव कार्यकर्ता पक्राउ
  • स्टुडियाे संवाददाता

 

प्रहरीले काठमाडौंको कोटेश्वर नरेफाँटबाट नेत्रविक्रम चन्द विप्लव समूहका सातजना कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार विप्लव समूहका सातजना कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको साथबाट प्रहरीले चार वटा प्रेसर कुकर बम समेत बरामद गरेको छ ।

राजधानी फरक फरक स्थानबाट नेत्रविक्रम चन्दका सात कार्यकर्तालाई तयारी अवस्थाका बम र अन्य घरेलु हतियारसहित आइतवार साँझ कोटेश्वर, जडीबुटी र नरेफाँट क्षेत्रबाट पक्राउ गरिएको हो। कुकुर बम बनाउन विस्फोटक पदार्थ बटुलेर हिँडिरहेका बेला उनीहरू पक्राउ परेका सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी सुरज श्रेष्ठले बताएका छन्।

उनीहरुको साथबाट सशस्त्र प्रहरीले एक बोरा पुल्ठो र तीनवटा झोलामा राखिएको पार्टीको पर्चा बरामद गरिएको छ। उनीहरू सबैजनालालाई प्रहरी बृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ।

पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालि घर भइ राजधानीमा बस्ने आशीष उपनामका डम्बरबहादुर तामाङ, सल्यानको बाघ भैरब घर भइ भक्तपुरस्थित अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष चित्रकमल ओली, भक्तपुरको ठिमी घर भएका नेवा: मुक्ति मोर्चाका केन्द्रीय सदस्य राकेश श्रेष्ठ, ओखलढुंगाको चण्डेश्वरी घर भएका बुद्धिबहादुर सुनुवार, रोल्पाको त्रिवेणी गाउँपालिका-५ घर भएका विप्लवका भक्तपुरसेक्रेटरी बुद्धिलाल पुन, झापाको मेचीनगर नगरपालिका-३ का तेजराज काफ्ले र रामेछापको खाँडदेवी गाउँपालिका-२ निवासी तेजबहादुर मोक्तान छन् ।

 

  • १३ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech