• ३ आश्विन २०७७, शनिबार
काठमाडौं उपत्यकामा बम विस्फोटबाट मृत्यु हुनेको संख्या चार पुग्यो
  • स्टुडियाे संवाददाता

 

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएको बम विस्फोटमा परेर मृत्यु हुनेको संख्या चार पुगेको छ ।

काठमाडौंको अनामनगरस्थित घट्टेकुलोमा भएको कुकर बम विस्फोटमा प्रज्ज्वल शाहीको ज्यान गएको छ। बझाङ घर भएका शाही नेत्रविक्रम चन्दसँग विप्लव नेतृत्तवको नेकपानिकट विद्यार्थी सङठनका केन्द्रीय सदस्य थिए।

सुकेधारामा भएको बम विस्फोटमा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । घटनामा घाइते भएका थप दुई जनाको ओम अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो ।

अनामनगरमा भएको बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो । प्रहरी स्रोतका अनुसार घाइतेमध्ये एकजनाले आफूहरूले टाइम बम बनाउने तयारी गरेका बेला सुकेधारमा बम विस्फोट भएको बयान दिएका छन् ।

सुकेधाराको विस्फोटमा परी महोत्तरी घर भई अहिले सुकेधारामा सैलुन चलाउँदै आएका ५९ वर्षीय जीवकुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको छ। अस्पतालमा उपचारका क्रममा मृत्यु भएका अन्य २ जनाको सनाखत भएको छैन। विप्लवनिकट नेवा मुक्ति मोर्चाका राजेन्द्र महर्जनको मृत्यु भएको बताइए पनि पुष्टि हुन सकेको छैन।

  • १३ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech