• ३ आश्विन २०७७, शनिबार
लहान बजार दुर्गन्धित भएपछि सर्वसाधारणलाई समस्या
  • स्टुडियाे संवाददाता

 

सिरहाको लहान बजारमा नगरपालिकाकाले बिगत केही दिन देखि फोहोर नउठाउदा लहान बजार दुर्गन्धित बन्दै गएको छ ।

फोहोर नउठाउँदा ठाउँठाउँमा फोहोरका डंगुर थुप्रिएपछि सर्वसाधारणलाई आवतजावतमा समस्याका साथै मानिस नाक थुम्न बाध्य भएका छन ।

दिनदिनै फोहोर थुप्रिँदै गएपनि नगरपालिकाले समस्या समाधानका लागि चासो देखाएको छैन । कर्मचारीहरूले बजारमा झाडु लगाउने तर, फोहोर नउठाउने निर्णय गरेका थिए ।

केही बिवादको कारण चैतको अन्तिम सातादेखि नै स्थानीयले फोहोर फाल्न रोक लगाउँदै आएका छन् । त्यसपछि फोहोर व्यवस्थापन सम्बन्धी समस्या समाधान गर्न वडा नम्बर एकदेखि १० सम्मका वडाध्यक्षहरूको एउटा समिति गठन गरिएको थियो ।

  • १३ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech