• ७ आश्विन २०७७, बुधबार
सप्तरीमा एसपी मनाेज यादव अाउँदै, राजेन्द्र विष्टकाे सरुवा, १८ जिल्लाका प्रहरी प्रमुख फेरिए
  • स्टुडियाे संवाददाता

 

प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । यसैसङै सप्तरीमा एसपीको रूपमा मनोज कुमार यादबको सरुवा भएको छ । सरुवामा १८ जिल्लाका इन्चार्ज फेरिएका छन् ।

प्रहरी उपरीक्षक राजेन्द्र विष्टकाे सप्तरीबाट सरुवाको भएको छ । यसैगरी सिरहामा उमाप्रसाद चतुर्वेदी सरुवा भएर आएका छ्न ।

सरुवा सूचिअनुसार पर्सामा सोमेन्द्रसिंह राठौर, चितवनमा दानबहादुर मल्ल, कास्कीमा दानबहादुर कार्की, मोरङमा विश्व अधिकराी, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ ।

सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप गिरी, उदयपुरमा वीरबहादुर बुढामगर, नवलपरासीमा मोहन पोख्रेल, सुनसरीमा यज्ञ बिनोद पोखरेल, बर्दियामा राजेश बाँस्तोला, नवलपरासी (पश्चिम)मा लालमणि आचार्य, पाल्पामा श्यामकृष्ण अधिकारी, धनकुटामा सुदर्शन कोइराला, इलाममा हिराबहादुर पाण्डेको सरुवा भएको छ ।

  • १३ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech