• ३ आश्विन २०७७, शनिबार
विप्लवको बन्द : मकवानपुरमा आइचर र बारामा ट्रक जलाइयो
  • स्टुडियाे संवाददाता

 

भोजपुरमा प्रहरीको गोलीबाट कार्यकर्ता तीर्थराज घिमिरे मारिएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार गरेको बन्दका क्रममा सवारीसाधनमा आगजनी भएको छ।

मकवानपुरको थाहा नगरपालिकामा विप्लव नेतृत्वको नेकपाको क्रममा सोमबार बिहानै गाडी जलाइएको छ। बिहान ४ बजेको समयमा गाडी जलाइएको हो।

बन्दका दिन बिहानै थाहा नगरपालिका-१ कुन्छाल नजिकै ना ६ ख ८००७ नम्बरको आइचर गाडी जलाइएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भटराईले बताए ।

बन्दका क्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३, बजनीमा आइतबार बिहान रोकिराखेको भारतीय लरीमा अज्ञात समूहले आगजी गरेको छ ।

एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरी नेपाल-भारत पेट्रोलियम पाइपलाइनका लागि पाइप बोकोर आएको थियो । आगजनीमा संलग्नको खोजी र घटनाबारे अनुसन्धान भइरहेको बाराका प्रहरी प्रबक्ता रञ्जित सिंह राठोरले जानकारी दिए।

  • १३ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech