• २० मंसिर २०७७, शनिबार
यी राशि भएका पुरुषप्रति महिलाहरू बढी आकर्षित हुन्छन्
  • स्टुडियाे संवाददाता

कतिपय पुरुषहरू यति आकर्षित हुन्छन् कि हरेक महिला उनीहरूको पहिलो नजर मै प्रेम गर्दछन् । हामी सोच्ने गर्दछौँ कि वास्तवमा यस्तो किन हुन्छ र हरेक महिला यिनीहरूको प्रेममा पर्छन् । हामीलाई लाग्छ कि शायद उनीहरू अरू भन्दा बढी सुन्दर एवम् आकर्षक छन् तर वास्तवमा यो कुरा पूर्ण रूपमा सत्य हुँदैन किनकी यदि वस्तुशास्त्रमा ध्यान दिने हो भने त्यसमा भनिएको छ कि केही विशेष राशिका पुरुषहरू आकर्षणको दृष्टिकोणले बाँकी राशिको सुन्दर भन्दा सुन्दर पुरुषलाई पनि पछाडी पार्दछन् ।

यी मध्य सबैभन्दा आगाडी तीन राशिको पुरुष पर्दछन्, जसमा बढीजसो महिलाहरू केवल प्रेम मात्र दिन तयार नभई उनीहरूलाई पाउनका लागि कुनै पनि हद पार गर्न तयार हुन्छन् ।

मिथुन
मिथुन राशि हुने पुरुषहरूको व्यक्तित्व निकै बलियो हुन्छ, जसको कारण उनीहरूले सजिलै महिलाहरूलाई आकर्षित गर्ने क्षमता राख्दछन् । यस राशिको पुरुषको विषयमा यो पनि देखिएको छ कि यिनीहरूको केवल एक इशाराले महिलाहरू घायल हुन्छन् । यी पुरुषहरू अरू भन्दा महिलाहरूको विश्वास जित्न माहिर हुन्छन् ।

सिंह
वस्तुशास्त्रमा देखिएको छ कि सिंह राशिको पुरुष अन्य पुरुषको तुलनामा बढी रोमान्टिक हुन्छन् । यिनीहरू देख्नमा निकै असल र भद्र हुन्छन्, जो कसैसँग पनि बढी बोल्न रुचाउँदैनन् र यिनीहरूको यहि स्वभावले महिलाहरूलाई प्रेममा पागल बनाउँछ ।

तुला
तुला राशि हुने पुरुषहरूको यदि व्यवहारको कुरा गर्दा अरू दोस्रो राशिको पुरुषको तुलनामा निकै रहस्यमय देखिन्छ । यस राशिका पुरुषहरूले बढी कोशिश नगर्दा पनि महिलाहरू यिनीहरू प्रति आकर्षित हुन्छन् । यति मात्र नभई महिलाहरू यी पुरुषसँग मित्रता बढाउन निकै उत्साहित हुन्छन् ।

  • १८ पुष २०७४, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech