• ६ आश्विन २०७७, मंगलवार
हेटौंडामा कुकर बम र तनहुँका दुई स्थानमा शंकास्पद वस्तु भेटियो
  • स्टुडियाे संवाददाता

 

भोजपुरमा प्रहरीको गोलीबाट कार्यकर्ता तीर्थराज घिमिरे मारिएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार गरेको बन्दका क्रममा विभिन्न ठाउँमा शंकास्पद बस्तु भेटिएको छ ।

बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान १ बजेको समयमा हेटौंडाको बुद्धचोक नजिक प्रेसर कुकर बम भेटिएको छ। बम राखेको थाहा पाएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएर बिहानै डिस्पोज गरिएको छ।

उता तनहुँका दुई स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ। सदरमुकाम दमौलीमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको टोली पुगिसकेको छ।

  • १३ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech