• २ आश्विन २०७७, शुक्रबार
धादिङको महादेवबेसीको पुलमा राखिएको बम सेनाद्वारा निस्क्रिय
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

धादिङको महादेवबेसी पुलमा फेला परेको बिस्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत पुलमा आइतबार राति भेटिएको बिस्फोटक पदार्थ झण्डै चार घण्टाको प्रयासपछि निष्क्रिय पारिएको नेपाली सेनाको टोलीले जनाएको छ ।

बम डिस्पोजल टोलीले सोमबार बिहान साढे पाँच बजेतिर बिस्फोटक पदार्थ निष्क्रिय पारेको प्रहरीले जनाएको छ । सो बिस्फोटक पदार्थ सकेट बम रहेको प्रहरीले जनाएको छ ।

गजुरीबाट गएको सेनाको टोलीले सो बम निष्क्रिय पारेको हो ।
यसैबिच नौबिसेमा भेटिएको शंकास्पद बस्तु पनि निष्क्रिय पार्ने प्रयासमा सेनाको टोली रहेको छ । राजमार्गमा बम भेटिएपछि गाडी कम चलेका छन् । यात्रु बसलाई सुरक्षाकर्मीले स्कटिङ्ग गरेका छन् ।

  • १३ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech