• ३ आश्विन २०७७, शनिबार
प्रदेश २ को एक ठाउँमा बम विस्फोट,दुई स्थानमा डिस्पोज गरियो ,स्थानीय त्रसित
  • स्टुडियाे संवाददाता

 

जेठ १३ गतेको विप्लव समुहले बन्द आव्हान गरेकोमा सफल पार्नको लागि प्रदेश २ को विभिन्न स्थानमा बम बिस्फोट र फेला परेका छ्न ।

प्रदेश २ मा बम आतंक मच्चाएपछि सर्वसाधारण त्रसित भएका छन् ।

बन्दलाई सफल पार्न गएराति अज्ञात समुहले गएराति प्रदेश २ को सर्लाहीको हरिपुर नगरपालिका कार्यलयमा बम विस्फोट गराइएको छ । वडा नं. २ मा रहेको नगरपालिका कार्यालयमा अज्ञात समुहले गराएको बम स्फिोटबाट कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । कार्यालयमा बिस्फोटले क्षति पुगेको जनाएको छ ।

यसैगरी प्रदेश २ को महोत्तरीको बर्दिबास नगरपालिकाको मुलगेटमा आज विहान कुकरमा विष्पोटक पदार्थ राखेर त्यसमाथि एउटा मोबाइल फोन कनेक्ट गरिएको बमा फेला परेको छ । अहिले घटना स्थलमा नेपाली सेनाको टोली पुगेर बम डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

यस्तै प्रदेश २ को रौतहट स्थित चन्द्रपुरमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुरको मुख्य चौकीभन्दा करिब एकसय मिटर पूर्व मा बम फेला परेका छ्न । नेपाली सेनाद्वारा उक्त बम सोमबार बिहान ५ बजे डिस्पोजल गरेको छ ।

  • १३ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech