• २ आश्विन २०७७, शुक्रबार
सिरहामा महिला हत्याहिंसा बढ्यो : यस्तो छ कारण
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्यांकअनुसार पछिल्लो तीन आर्थिक वर्षमा महिलासम्बन्धी अपराधका घटना बढ्दै गएको देखिएको छ  ।

सिरहा जिल्लामा पछिल्लोपटक दाइजोको कारण हत्याहिंसा बढ्दै गएको छ । बाबुले विवाहमा कबोल गरेको डेढ तोला मध्ये चारआना सुन दाइजोमा दिन बाँकी रहेकाले परिवारले कुटपिट गरी दाइजोको कारण सिरहा नगरपालिका १४ खिरौना गाउँका रामरेश मण्डलसँग विवाह भएकी २१ वर्षीया मनीषाकुमारी मण्डलको गत १९ वैशाखमा मृत्यु भएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका–८ कि २१ वर्षीया कञ्चन मण्डललाई पति ,नन्द र सासूले जिउँदै जलाएको कारण १३ वैशाखमा काठमाडौंमा मृत्यु भ्यो । कारण थियो , कञ्चनलाई पति, सासू र नन्दले आँगनमा लछारपछार गर्दै मट्टीतेल छर्किएर आगो लगाएर जिउँदै जलाए । सिरहाका प्रहरी नायब उपरीक्षक माधवराज खरेल भने, ‘हत्याका मुख्य अभियुक्त पति फरार रहेकाले खोजी जारी छ । ’

सिरहा कर्जन्हा नगरपालिका ११ बस्तीपुरको हटलेटवा गाउँकी २९ वर्षीया रितुदेवी ७ जेठ बिहानमा मृत्युु भयो । रितुदेवीको शंकास्पद मृत्यु भएको १२ घन्टा नबित्दै पति स्वयंले प्रहरीसमक्ष आफूले घाँटी थिचेर हत्या गरेको थियो । भाउ जूसँगको अवैध सम्बन्धका कारण पत्नी रितुलाई कुटपिट गर्दै आएका नयाँ पत्रीकामा समाचार दैनिकमा छ ।

आर्थिक वर्ष ०७२÷०७३ मा एक सय पाँच, आव ०७३÷०७४ मा एक सय २३ र आव ०७४÷०७५ मा एक सय ६८ वटा महिला तथा बालबालिकासम्बन्धी अपराध भएका छन् । तीमध्ये पछिल्लो दुई आवको चारबाहेक अन्यको मुद्दा फैसला भइसकेको सिरहा प्रहरीले जनाएको छ ।

त्यस्तै, चालू आवको चैत मसान्तसम्म भएका एक सय ६० महिला अपराधमध्ये एक सय २३ वटाको निरूपण भइसकेको प्रहरीको भनाइ छ ।

  • १३ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech