• २ आश्विन २०७७, शुक्रबार
डुवानमा परेका सप्तरीका ९० परिवारको जनजीवन सामान्य बन्दै ,त्रसित कायमै
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

कोसीमा भारतीय पक्षले एकतर्फी रुपमा बनाएको पाइलट च्यानलमा बिनाजानकारी पानी छोडिएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढाबाट सम्पर्कबिच्छेद भएको ९० परिवारको जनजीवन समान्य हुँदै गरेको नगरपालिकाले जनाएको छ ।

डुवानमा परेका सप्तरीको गोबरगाढाको जनजिवन आईतवार समान्य वन्दै गएको हनुमाननगर कंकालिनी नगरपालिकाले जनाएको छ । गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकोमा तीन वर्षदेखि कोसीमा भारतीय पक्षले खन्दै आएको पाइलट च्यानलमा शुक्रबार साँझ अचानक पानी छोडिएपछि गोबरगाढाको पश्चिमबाट पनि भंगालो बगेकाले ९० परिवार कोसीमै घेरिएका थिए् ।

भारतीयले एकतर्फी खनेको च्यानलमा पानी छोड्दा हनुमाननगर १३ गोबरगाढाका बासिन्दा बीच कोसीमै घेरिएको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहले बताए।

मेयर साहको अनुसार उक्त बस्तीमा करिब ३ सय जना नागरिक रहेका छन्। नेपाल तर्फका सर्वसाधारण एवम् स्थानिय तहको विरोधका वावजुद भारतीय पक्षले आफ्नो मनपरि देखाउँदै जवरदस्ती उक्त प्यालट च्यानल निर्माण गरेको गाउँलेहरुको गुनासो छ ।

झण्डै ९० परिवारको पछिल्लो ३० घण्टा देखि सम्पर्क विच्छेद हुन पुगेपछि स्थानिय वासिन्दा अझै त्रसित कायम रहेको छ । आपत्तकालिन बचाऊका लागि नगरपालिकाद्वारा राखिएको दुई थान ढुंगासहित करिब आधा दर्जन ढुंगाहरु समेत पानीले बगाएर लगेको साहले जानकारी दिएका छन् ।

  • १३ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech