• ३ आश्विन २०७७, शनिबार
विप्लवको बन्द : राजधानीमा आंशिक प्रभाव
  • स्टुडियाे संवाददाता

 

राजधानी काठमाडौंमा चारजनाको ज्यान जाने गरी भएको विस्फोटको भोलीपल्ट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव उपत्यका सहित तराई क्षेत्रमा आंशिक परेको छ।

बिप्लबको नेपाल बन्दले गर्दा यातायात ठप्प भएको झुम्का खबरले जनाए । सुनसरीकाे इनरुवा ,झुम्का इटहरी लगाय क्षेत्रमा फाट्टफुट्ट टेम्प ,मेजिक चलेको छ भने लामाे दुरीको यातायात यातायात नच्लदा यात्रु तथा सर्वसाधारणलाई अाव जावतमा कठिनाइ भएको छ ।

भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको प्रहरीको गोलीबाट ज्यान गएपछि आक्रोशित विप्लव समूहको त्रासले उपत्याकामा अन्य दिन भन्दा कम सवारीसाधन चले। उपत्यकामा शैक्षिक संस्था बन्द भए भने मुख्य चोकका पसलहरु पनि बन्द रहे।

बन्दका क्रममा विप्लवका कार्यकर्ताले मकवानपुर, बारा र सुर्खेतसहितका जिल्लामा ट्रक र बसमा आगजनी गरे। गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, रूपन्देही बुटवल, चितवन, झापा, बारा र पर्सालगायतका जिल्लामा बन्दको प्रभाव परेको छ ।

  • १३ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech