• ५ आश्विन २०७७, सोमबार
शम्भुनाथमा बस र मोटरसाइकल ठोक्किदा दुइको मृत्यु
  • स्टुडियाे संवाददाता

 

सप्तरीको देवधारमा  बस र मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ८ स्थित देवधारस्थित चौक सोमबार दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

सप्तरीको खडक नगरपालिका ४ बस्ने २६ वर्षीय नवीन चौधरी र सिरहाको लहान नगरपालिका १२ बस्ने २७ वर्षीय ओमप्रकाश चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

दिउँसो ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ ख. ४६९२ नम्बरको यात्रु बाहक बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स.१प. ६१८३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर नवीनको घट्नास्थलमै मृत्यु भएको थियो ।

गम्भीर घाइते भएका ओमप्रकाशलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताए ।

मृतक दुबैको शव पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल ल्याइ पुरयाएको प्रहरीले जनाएको छ ।ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

  • १४ जेष्ठ २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech