• ५ आश्विन २०७७, सोमबार
नयाँ बजेट: बढाइँदै कर्मचारीको तलब
  • स्टुडियाे संवाददाता

 

सरकारले कर्मचारीको तलब चार वर्षदेखि बढाएको छैन। कर्मचारीहरु तलब नबढेपछि असन्तुष्ट छन्। उनीहरुले महँगी अनुसार सतप्रतिशत तलब वृद्धिको माग गरिरहेका छन्। यदि त्यसो भएमा राज्यलाई एक खर्ब १७ अर्ब अर्को दायित्व थपिनेछ। तर कर्मचारीले माग गरे जस्तो अवस्था छैन।

कर्मचारीहरुले यो वर्षको बजेटमा कम्तीमा ३० प्रतिशत तलब वृद्धिको माग गरेका छन्। तर सरकार भने औषतमा २० प्रतिशत मात्रै तलब बढाउने मुडमा छ। अर्थमन्त्रालय स्रोतकाअनुसार ३० प्रतिशतत तलब बढाउन अर्थमन्त्री डा. युवराज खतिवडा पनि तयार छैनन्।

अर्थ स्रोतका अनुसार कर्मचारीलाई २ भागमा बाँडेर तलब वृद्धिको तयारी गरिएको छ। उपसचिव भन्दा माथि र तल गरेर तलब वृद्धिको तयारी गरिएको हो। बजेटको अन्तिम तयारी भइरहँदा अझै कति बढाउने टुंगो लागेको छैन।

उपसचिवमाथिको १५ प्रतिशत र उपसचिव तलको २५ प्रतिशत तलब बढाउने छलफल अर्थमन्त्रालयमा चलाइएको छ। यदि २० प्रतिशतलाई आधार मान्ने हो चालु आर्थिक वर्षको वृद्धि भएको तलबले मात्रै राज्यलाई २४ देखि २५ अर्ब दायित्व बढ्छ।

यसका साथै कर्मचारीहरुले महँगी भत्ता बढाउनु पर्ने माग गरिरहेका छन्। गत वर्ष शतप्रतिशत बढाइएको महँगी भत्ता यो पटक भने बढाउन अर्थमन्त्री तयार छैनन्।

  • १४ जेष्ठ २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech