• ६ आश्विन २०७७, मंगलवार
रुपनीस्थित १३२/३३ केभी सबस्टेसन सञ्चालनमा
  • स्टुडियाे संवाददाता

 

नेपाल विद्युत प्राधिकरणले सप्तरीको रुपनी गाउँपालिका स्थित १३२/३३ केभी सबस्टेसन सञ्चालन गरेको छ । सबस्टेसन चार्ज भएपछि सप्तरीको विद्युत आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय हुने विश्वास प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

सरकार तथा प्राधिकरणको ३६ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको सप्तरीको रुपनी सबस्टेसन अब पूर्व–पश्चिम १३२ केभीमार्फत प्रवाह भएको विद्युत रुपनी सबस्टेसनमार्फत वितरण भएपछि भोल्टेजमा सुधार हुने घिसिङको भनाइ छ ।

उहाँले भने “यसबाट प्राविधिक चुहावट घट्न गई उपभोक्ताले विश्वसनीय तथा गुणस्तरीय विद्युत् प्रयोग गर्न पाउने अपेक्षा छ ।” मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालू आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण तथा स्तरोन्नती गर्ने प्राधिकरणको योजना रहेको बताए ।

  • १५ जेष्ठ २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech