• ५ आश्विन २०७७, सोमबार
सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टलाई बिदाई तथा सम्मान
  • स्टुडियाे संवाददाता

 

सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टलाई सप्तरीको राजबिराज स्थित एक कार्यक्रम बिच सम्मान तथा बिदाई गरेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरि सप्तरी सामुदायिक विकास केन्द्र नेपालले विष्टलाई सम्मान तथा बिदाई गरेको हो ।

यता जिल्लामा शान्ति सुरक्षाको अवस्था सृदृढ पारेको र नागरिक–प्रहरीको सम्बन्ध सुमधुर बनाएको भन्दै सप्तरीका उद्योगि व्यवसायीहरुले जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टलाई सम्मान गरेको थियो ।

 

सामी प्रयोजना अन्तरगत अप्रावासी श्रोत केन्द्रलाई उपलब्धीमूलक बनाउन तथा बैदेशिक रोजगारीमा जाने कामदारलाई ठगि गर्ने एजेन्ट तथा दलालहरुलाई कानुनी दायरामा ल्याई बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन महोत्वपुर्ण योगदान रहेकोले बिष्टलाई सम्मान गरेको हो ।

उहाँ सप्तरी जिल्लाबाट सरुवा भएर पोखरा जान लागेकोमा संस्थाहरुद्वारा उपरिक्षक विष्टलाई दोसल्ला ओढाई तथा प्रशंसापत्र प्रदान गरि सम्मान गरेको थियो ।

  • १५ जेष्ठ २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech