• ५ आश्विन २०७७, सोमबार
डिल्लीबजार जेलमा रहेका रेशम चौधरी अस्वस्थ
  • स्टुडियाे संवाददाता

डिल्लीबजार सदरखोरमा रहेका रेशम चौधरी अस्वस्थ भएका छन् । उनको छातीमा इन्फेक्सन भएको राजपा नेपाल अध्यक्षमण्डलका संयोजक अनिलकुमार झाले बताए । संयोजक झा आजै रेशम चौधरीको अवस्था बुझ्न सदरखोर गएका थिए । राजपा नेपालका नेता समेत रहेका चौधरी केही दिनदेखि अस्वस्य रहेको बताइएको छ ।

रेशम चौधरीको अवस्थाबारे संयोजक झाले कारागार विभागलाई जानकारी गराएकोमा विभागले उपचार उचित गराउने गराउने प्रतिबद्धता जनाएको छ । यता विभागका महानिर्देशक हरिप्रसाद मैनालीले चौधरीको उपचार भइरहेको जानकारी दिएका छन् । उनले यसअघि पनि अस्पतालबाट जँचाएर ल्याएको बताउँदै अहिले अवस्था सामान्य रहेको बताए । तर, रेशम चौधरीकी श्रीमती रन्जिता (श्रेष्ठ) चौधरीले उनलाई अस्पताल भर्ना गरेर राख्नुपर्ने माग गरेकी छिन् ।

कैलालीको टीकापुर घटनाको मुख्य दोषी रहेको भन्दै कैलाली जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको छ । २०७५ फागुन २१ गते कैलाली जिल्ला अदालतमा बहस हुँदा उनीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको थियो । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा एकबालक सहित आठजनाको निधन भएको थियो ।

  • १५ जेष्ठ २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech