• ७ बैशाख २०७८, मंगलवार
कर्मचारीको पनि तलब बढ्यो, कार्यालय सहयोगीको १९ हजार ४ सय र मुख्यसचिवको ६५ हजार पुग्यो
  • स्टुडियाे संवाददाता

 

बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले राजपत्राङ्कित कर्मचारीको १८ प्रतिशत र राजपत्र अनाङ्कित कर्मचारीको २० प्रतिशत तलब बडाएको बताएका हुन् ।

बजेट भाषण अनुसार ५५ हजार रुपैयाँ तलब खाने मुख्य सचिवको तलब ६५ हजार बढेको छ। त्यसैगरी ५१ हजार खाने सचिवको तलब ६० हजार पुगेको छ भने ४० हजार रुपैयाँ खाने सहसचिवको तलब ४७ हजार रुपैयाँ पुगेको छ।

त्यसैगरी ३४ हजार तलब खाने उपसचिवको तलब ४० हजार रुपैयाँ पुगेको छ। शाखा अधिकृको तलब ३० हजारबाट करिब ३६ हजार रुपैयाँ पुगेको छ। नायब सुब्बा (अतिरिक्त मान) को तलब भने ३० हजार आठ सय पुगेको छ। यसअघि २५ हजार ६ सय रुपैयाँ थियो।

नायब सुब्बाको तलब भने २३ हजारबाट २८ हजार रुपैयाँ पुगेको छ। खरिदार अतिरिक्त मान को तलब २२ हजार ९ सय ७० बाट २७ हजार ५ सय ६४ पुगेको छ। २२ हजार रुपैया खाने खरिदारको तलब २६ हजार ६ सय रुपैयाँ पुगेको छ।

कार्यालय सहयोगीको तलब १९ हजार ४ सय ७४ हुनेछ।
कर्मचारी ऐन अनुसार हरेक दुई वर्षमा कर्मचारीको तलब सुविधा समायोजन गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि पछिल्लो तीन वर्षयता तलब सुविधा बढेको थिएन।

  • १६ जेष्ठ २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech