सरकारले पूर्व-पश्चिम राजमार्गको लागि १९ अर्ब १८ करोड बजेट छुट्याएको छ ।
उहाँले पूर्व पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन काम सुरु गरिने बताउनुभएको छ । जसका लागि १९ अर्ब १८ करोड विनियोजन गरिएको बताउनुभयो ।
आगामी वर्ष २०७६/०७७ का लागि आयव्ययको विवरण (बजेट) संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।
यस्तै, मदन भण्डारी राजमार्गको लागि ४ अर्ब ८२ करोड विनियोजन गरिएको पनि उनले बताए । त्यसैगरी, औद्योगिक क्षेत्र विकासका २ अर्ब ८७ करोड बजेट छुट्याएको उनले बताए ।
अर्थमन्त्री खतिवडाका अनुसार पर्यटन क्षेत्र विकासका लागि २ अर्ब ६८ करोड बजेट छुट्याएको छ ।
त्यस्तै गल्छी त्रिशुली मैलुङ सडकलाई १ अर्ब ५८ करोड, बीपी राजमार्गको लागि ९६ करोड, द्रुततमार्गलाई १५ अर्ब १ करोड विनियोजन गरिएको जानकारी दिनुभयो ।