• ३ आश्विन २०७७, शनिबार
वेवारिस बिरामीको आफन्त खोज्दै प्रहरी,राजबिराज अस्पताल प्रशासन हैरान
  • स्टुडियाे संवाददाता

 

स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालको सघन उपचार कक्षको शैया नं. २१ मा मोरंग जिल्ला विराटनगर उपमहानगरपालिका घर बताउने ५० वर्षीय दिल कुमार लिम्बु वेवारिसे अवस्थामा छन् ।

उनलाई मानवीय संवेदनशीलताको कारण अस्पतालका चिकित्सक, नर्स र ड्यूटीमा रहेका प्रहरीले उपचार र सेवा प्रदान गरिरहेका छन् ,समाचार राजधानी दैनिकमा खबर छ । उनलाई गत ९ जेठमा सप्तकोशी नगरपालिका ४ फत्तेपुरको बलारदह चौक नजिकै वेहोस अवस्थामा फेला पारी स्थानीय र प्रहरीको सहयोगमा अस्पतालको सघन उपचार कक्षमा भर्ना गराइएको थियो ।

स्थिति चिन्ताजनक देखिएपछि चिकित्सकको सल्लाह अनुसार सघन उपचार कक्षमा भर्ना भएको एक साता बित्न लाग्दा पनि उनका कोही आफन्त आएका छैनन् । अवस्थामा केही सुधार आउँदै गर्दा उनले भनेको ठेगानामा सम्पर्क गर्दा पनि कोही आफन्त फेला नपरेको अस्पतालमा ड्यूटीरत प्रहरी हवल्दार रामशंकर यादवले बताए ।

‘सघन उपचार कक्षमा लाग्ने सबै उपचार खर्च मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासको निर्देशनमा निःशुल्क उपलब्ध गराएका छौँ’, सघन उपचार कक्षका सिनियर अहेव विजयकान्त झाले भने, ‘तर यति दिन बितिसक्दा पनि उनका कोही आफन्त नआउँदा समस्या भएको छ ।’

प्रहरी हवल्दार यादवका अनुसार विगत ६ दिनदेखि लिम्बुले बताएका ठेगानामा सम्पर्क गर्दा कोही आफन्त फेला पार्न सकिएको छैन । सिनियर अहेब झाले भने–अस्पतालले शैया, औषधी र अन्य खर्च निःशुल्क नै उपलब्ध गराए पनि स्याहारसुसार गर्ने आफन्त कोही नआउँदा बिरामीसँगै हामीलाई पनि समस्या परेको छ । उनले लिम्बुको आफन्त पता लगाउने कार्यमा सहयोग गरिदिन हुन संचारकर्मीहरुलाई समेत आग्रह गरेका छन् ।

  • १६ जेष्ठ २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech