• ८ आश्विन २०७७, बिहीबार
राजविराजमा रामराजाप्रसाद सिंह अस्पताल खोल्न ४० करोड
  • स्टुडियाे संवाददाता

संघीय सरकारले आगामी वर्ष (२०७६/०७७) का लागि आयव्ययको विवरण(बजेट) संसदमा प्रस्तुत सुरू गर्दै राजविराजमा रामराजाप्रसाद सिंह अस्पताल खोल्न ४० करोड विनियोजन गरेको छ ।

सप्तरीको राजबिराज अस्पताल क्षेत्रका लागि ४० करोड बजेट छुट्याएको अर्थमन्त्री युवराज खतिवडाले बताए।

अर्थमन्त्री खतिवडाले आगामी वर्ष(२०७६/०७७) को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन्।

हरेक प्रदेशमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सरकारको नीतिअनुसार प्रदेश नं २ को राजविराजमा सो प्रतिष्ठान निर्माण गर्न लागिएको हो । मन्त्रिपरिषद्को गत पुस २३ गतेको बैठकले राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो ।

  • १६ जेष्ठ २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech