• ३ आश्विन २०७७, शनिबार
वृद्धभत्ता एक हजारले बढ्यो, अब मासिक ३ हजार दिइने
  • स्टुडियाे संवाददाता

 

सरकारले वृद्धभत्ता बढाएको छ । हाल पाइरहेको मासिक दुई हजार रुपैयाँमा एक हजार थपेर मासिक ३ हजार बनाइएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए ।

बुधबार संघीय संसदको सयुंक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट प्रस्तुत गर्दै उनले वृद्धहरुको सम्मानका लागि सरकारले रकम बढाएको बताए ।

उनले यसबाट देशभरका १३ लाख वृद्धहरु लाभाविन्त हुने बताए । यसैगरी, लोपोउन्मुख, सीमान्तकृतहरुको भत्ता पनि एक हजार बढाएको अर्थमन्त्री खतिवडाले बताए ।

अपाङ्गता, बिधवा लगायत ९ लाख व्यक्तिको भत्तामा मासिक १ हजार बृद्धि गरिएको पनि उनले बताए ।

अघिल्लो वर्ष सरकारले वृद्धभत्ता नबढाएपछि चर्काे आलोचना भएको थियो ।

  • १६ जेष्ठ २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech