• ७ आश्विन २०७७, बुधबार
खाँडो नदि नेपाल–भारतका अधिकारीहरूद्वारा अवलोकन
  • स्टुडियाे संवाददाता

 

नेपाल–भारतका अधिकारीहरूको उच्चस्तरीय प्राविधिकको टोलिले सोमबार तिलाठी पुगेर स्थलगत अवलोकन गरेको छ ।
सप्तरी जिल्लामा खाँडो नदीको बहाब निकासका निम्ति सन् २०१४ देखि हालसम्म स्थलगत अवलोकन भएको यो पाँचौंपटक हो ।

स्पष्ट धार नरहेको खाँडो नदीलाई नियन्त्रण गर्नका लागि दुबै देशका अधिकारीले निरीक्षण गरेको खाँडो नदी नियन्त्रण आयोजनाका प्रमुख बिष्णुदेव यादवले जानकारी दिए ।

नेपालको तर्फबाट जलस्रोत तथा सिञ्चाई विभागका महानिर्देशक सरिता दबाडी र उपमहानिर्देशक प्रदीपकुमार थापासहितका अधिकारी एवं भारतको तर्फबाट गंगा नदी नियन्त्रण अधिकारी सिकेएन दासको नेतृत्वमा आएका अधिकारीहरुले खाँडो नदीको अनुगमन गरेका हुन् ।

नेपालको चुरे क्षेत्र हुँदै सप्तरीको रूपनी गाउँपालिका, राजविराज नगरपालिका र तिलाठी–कोइलाडी गाउँपालिका भएर खाँडो नदी भारततर्फ जान्छ । प्रत्येक वर्ष उक्त क्षेत्र डुबान हुँदै आएको स्थानीयले बताए ।

खाँडो नदीका कारण नेपालतर्फको जोखिममा रहेका ठाउँ, बहाब सिधा बनाउने ठाउँहरुको अनुगमन गरिएको खाँडो नदी नियन्त्रण आयोजनाका प्रमुख यादवले बताए ।

सिचाइ विभागका सिनियर डिभिजनल इन्जिनियरद्वय कृष्ण पाठक र किशोरकुमार भट्टराई, जलस्रोतविज्ञ अरविन्दकुमार गुप्ता, सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, खाँडो नदी नियन्त्रण आयोजनाका प्रमुख विष्णुदेव यादव र इन्जिनियर कुलदीप यादव ,गाउँपालिका अध्यक्ष सतिश सिङ लगायतको उपस्थित रहेको थियो ।

  • १६ जेष्ठ २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech