खै म कसरी हाँसाैँ ?
अाज विश्व हाँसो दिवस रे खै म कसरी हाँसाैँ ??
पल्लाे घरकाे अामाले छाेरा गुमाएको देखे
एक श्रीमतीले अाफ्नाे श्रीमान गुमाएकाे देखे
अाफ्नाे हाँसाेकाे लागि अरुकाे हाँसाे खाेसेकाे देखे
खै म कसरी हाँसाैँ ??
हाँस्न् खाेज्दा एकाेहाेराे शङ्खकाे अावज सुने
घर बहिर निस्कि हेरे मलामीकाे लहर देखे
उस्लाई अाज सेताे साडीमा सजिएको देखे
दैब पनि कति निष्ठुरी कसैलाई हाँसाे कसैलाई अाँसु
खै म कसरी हाँसाैँ ??
बाटाेमा हिडिरहे जता ततै बलत्कार काे हल्ला सुने
न्याय दिने न्यायलयले खाेक्रा भाषण गरिरहेकाे सुने
राज्य सत्तामा कुर्सीकाे लागि तछाड मछाड गरेकाे देखे
मेराे देश अाज अन्धकारकाे भुमरीमा रुमलिएकाे देखे
खै म कसरी हाँसाैँ ??
अाज नेपाल र भारत बीचकाे सिमाना मेटिएकाे देखे
अाज मेराे पुर्खाकाे रगत मिसिएको माटाे बेचिएकाे देखे
दिनाैँ दिन हजारौं युवा खाडी मुलुक धक्लिएकाे देखे
दिनाैँ दिन हजारौं युवा बाक्समा प्याक भई झरेकाे देखे
खै म कसरी हाँसाैँ ??
यहाँ नेपाली नेपाली बीच द्वन्दाै द्वाेन्द र बन्दै बन्द देखे
यहाँ जताततै भ्रष्टाचार र निमुखा वर्ग ढलेकाे देखे
यहाँ मनले मनलाई बुझ्ने अाभाष अाज खसेकाे देखे
द्वाेन्द र बन्दले ती निमुखा वर्ग राेएकाे अासु देखे
खै म कसरी हाँसाैँ ??
अाज विश्व हाँसो दिवस रे खै म कसरी हाँसाैँ ??
पल्लाे घरकाे अामाले छाेरा गुमाएको देखे
एक श्रीमतीले अाफ्नाे श्रीमान गुमाएकाे देखे
अाफ्नाे हाँसाेकाे लागि अरुकाे हाँसाे खाेसेकाे देखे
खै म कसरी हाँसाैँ ??
(लेखक :- सप्तरीको अग्निसाईर कृष्णसंवरण गाउँपालिका महुलीकी अन्जना बिसुन्के हुन । )