• ७ आश्विन २०७७, बुधबार
ईटहरीको दुर्गा मेडिकल हलबाट लागुऔषध बरामद
  • स्टुडियाे संवाददाता

 

ठूलो परिणामको लागुऔषध सुनसरीको ईटहरी उपमहानगरपालिका स्थित एक मेडिकल हलबाट बरामद गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरले इटहरीको एक मेडिकल हलबाट ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ । इटहरी २ शान्तिनगरस्थित दुर्गा मेडिकल हलबाट लागुऔषध बरामद गरेको हो ।

सुनसरी देवानगञ्ज गाँउपालिका ७ बस्ने बिकास थान्दारले संञ्चालन गर्ने मेडिकल हलबाट ब्यूरोले नाईट्राभेट ३ हजार चक्की, लुपिजेसिक १ सय ९९ एम्पुल, फेरागन १९६ एम्पुल र डाईजेल्याव १९३ एम्पुल बरामद गरिएको हो । लागुऔषध सहित मेडिकल हलका संञ्चालक थान्दारलाई समेत पक्राउ गरिएको छ । बरामद लागुऔषध र संञ्चालकलाई इलाका प्रहरी कार्यालय इटहरी ल्याइएको छ ।

  • १६ जेष्ठ २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech