बीरगंज महानगरपालिका-३ स्थित प्रगतिनगर वस्ने शम्भु साहको छोरा ८ वर्षीय करण साह लाई अपहरण गरि मारेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरी बुधवार बिहान जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत घर बताउने वीरगंज, प्रगतिनगर डेरा गरी वस्ने वर्ष अन्दाजी २०/२१ को विकाश शर्मा, जिल्ला बारा, कलैया उप-महानगरपालिका-११ वस्ने वर्ष अन्दाजी २१/२२ को सिकिन्द्र साह तेली र बारा, खपरताता वस्ने वर्ष अन्दाजी २०/२१ को राम विनेश महतोलाई नियन्त्रणमा लिइएको हो ।
गत शुक्रवार अपहरणमा परेका बालकको शव जिल्ला बारा कलैया उप- महानगरपालिका-२५ स्थित खौराही खोलामा १५ गते विहान ०२:०० बजे फेला परेको थियो ।
बालकलाई अपहरण गरे पश्चात जेठ १० गते राति नचिनेको मोवाईबाट रु. ३० लाख फिरौति रकम माग गरेको भनि प्रहरीलाई जानकारी भए पश्चात २ नम्वर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट संयुक्त रुपमा घट्ना अनुसन्धानको लागि खटिएको प्रहरी टोली परिचालित भई निजहरुलाई १४ गते पक्राउ गरिएको हो ।
लाश भएको स्थानमा अनुसन्धान भई रहदा प्रहरीलाई झुक्याई भाग्ने प्रयास गर्दा गोलि हानि नियन्तन्त्रणमा लिने क्रममा विकाश शर्मा र सिकिन्द्र साह तेली कम्मर मुनिको भाग दाहिने खुट्टामा गोली लागी घाईते भएका छन् ।
घाईते दुवैको कलैया अस्पतालमा उपचार पश्चात नारायणी उप-क्षेत्रीय अस्पताल, पर्सामा उपचार भईरहेको छ ।
बिकाश शर्मा पीडीत शम्भु साहको छिमेकी रहेको र बेलाबेलामा दुवैको झगडा हुने गरेकोले रिस फेर्न र फिरौति रकम उठाउनको लागि शर्माको योजनामा उक्त घट्ना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।