सप्तरीको सुरुङ्गा नगरपालिका ५ स्थित कुशहा बजार नजिक शुक्रबार मिनी ट्रकले म्याजिकलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
सप्तरीको सुरुंगा नगरपालिकाको मशिलाल जनता माध्यमिक बिधालय नजिक पूर्वबाट पश्चिमतिर अाउँदै गरेको यात्रु सवार ना. १ ज ५५५६ नम्बरको म्याजिकलाई शुक्रबार दिउँसो ३ बजे सोही दिशाबाट अाउँदै गरेको को. १ क २१२० नम्बरको मिनी ट्रकले पछाडिबाट ठक्कर दिदा चार यात्रु घाइते भएका थिए ।
घाइते सबैलाई उपचारको लागि सिरहाको लहानस्थित सप्तऋषी अस्पतालमा भर्ना गरिएको छ । उपचारको क्रममा सो दुर्घटनामा गम्भिर घाईते भएकी म्याजिकमा सवार ६५ वर्षिया हदिसा खातुनको मृत्यु भएको हो ।
अनुसन्धानको लागि माजिक र ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।