• ३ आश्विन २०७७, शनिबार
लोकसेवाको विज्ञापनले प्रदेश २ का सरकार असन्तुष्टि
  • स्टुडियाे संवाददाता

 

लोकसेवा आयोगले देशैभरका स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापनलाई लिएर प्रदेश सरकारको असन्तुष्टि देखिएको छ।

प्रदेश २ ले लोकसेवाले लागेको भर्ना प्रक्रिया संविधानविपरीत भनेको छ। आयोगले बुधबार देशैभरका ५१५ स्थानीय तहका लागि ९ हजार १६१ पदमा भर्ना खोलेको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोकसेवा आयोग नबनेको बहाना देखाएर केन्द्रले हस्तक्षेप गरेको आरोप लगाएको समाचार कान्तिपुर दैनिकमा छ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रेश लोकसेवा गठन तयारी भइरहेका बेला हतारहतार केन्द्रबाटै विज्ञापन गरिनु उचित नदेखिएको बताए।

  • १८ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech