• ६ आश्विन २०७७, मंगलवार
ईप्रका हनुमाननगर र महिला सेल कक्ष शिलान्यास
  • स्टुडियाे संवाददाता

 

सप्तरीको विभिन्न दुई स्थानमा समुदाय प्रहरी साझेदारी अन्तर्गत भवन सिल्यानास भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा ईलाका प्रहरी कार्यालयको भवन र कन्चनरुप नगरपालिकामा प्रहरी महिला सेल तथा नागरिक कक्ष शिलान्यास गरेका हुन ।

बिहिवार “समुदाय-प्रहरी साझेदारी” अवधारणा अनुरुप सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.९ स्थित इलाका प्रहरी कार्यालय हनुमाननगर कार्यालयको जग्गामा उक्त नगरपालिकाका मेयर शैलेश कुमार शाह र जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले संयुक्त रुपमा नयाँ कार्यालय भवनको शिल्यानास गरेको छ ।

यस नगरपालिकाद्वारा आ.वा.मा चालिस लाख रकम निकाशा गरी निर्माण सम्पन्न गर्ने आवश्यक थप वजेट आगामी आ.वा.मा निकासी गर्ने जनाएको छ ।

 

 

यसैगरी समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप बुधबार सप्तरीको कंचनरुप नगरपालिका वडा नं. ८ स्थित ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीको कम्पाउण्डमा महिला सेल तथा नागरिक सहायता कक्ष शिलान्यास भएको छ ।

कंचनरुप नगर कार्यपालिकाको कार्यालय कंचनपुर सप्तरीको सहयोगमा नगर प्रमुख बसन्त कुमार मिश्रको प्रमुख अतिथि, बिशिष्ठ अतिथी नगर उप-प्रमुख निरु पोखरेल, कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र बिष्ट समेतले संयुक्त रुपमा महिला महिला सेल तथा नागरीक सहायता कक्षको भवन सिलन्यास गरेका थिए ।

  • १८ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech