• ६ आश्विन २०७७, मंगलवार
स्थानीय तहको विज्ञापन नसच्याए लोकसेवाको कार्यलयहरुमा तालबन्दी गर्ने चेतावनी
  • स्टुडियाे संवाददाता

 

लोकसेवाले नेपालका सातै प्रदेशबाट जेठ १५ गतेमा निकालिएको स्थानीय तहको बिज्ञापनको असन्तुष्ट जनाउँदै मधेश ईन्जिनियर्स एसोसिएसनले सातै प्रदेशको लोकसेवा कार्यालयमा तलाबन्दी गर्ने चेतावनी दिएको छ।

मधेश ईन्जिनियर्स एसोसिएसन केन्द्रिय कार्यालयले प्रस बिज्ञप्तिमा भनेको छ ,’स्थानीय तहको लागि लोक सेवा आयोगले भर्खरै निकालिएको विज्ञापन प्रति मधेश ईन्जिनियर्स एसोसिएसनले घोर भर्त्सना गर्दछ। मधेशी,आदिवासी जनजाति को लामो संघर्ष को बेला सयौं को बलिदानी, हजारौं हजार को घाइते को प्रतिफलको रुपमा स्थापित समानुपातिक समावेशी प्रतिनिधित्वको अधिकारलाई एकैचोटी मर्म र भावना विपरित लोकसेवा आयोगले निकालिएको विज्ञापन खारिज गरि मधेशी, आदिवासी ,जनजाति , महिला, मुस्लिम , पिछडावर्गलाई सम्बोधन हुने गरी विज्ञापन गर्न अपिल गर्दछौं। लोकसेवा आयोगले एकमुष्ट रुपमा निकालेको विज्ञापनलाई कर्मचारी समायोजन एेन अनुसार विज्ञापन प्रत्येक स्थानीय तहको छुट्टा छुट्टै रुपमा मान्न सकिदैन। मुलुक संघीयतामा गईसकेको बखतमा प्रदेशले गर्नु पर्ने विज्ञापन संघले गर्न मिल्दैन। तसर्थ उक्त विज्ञापन रोकी प्रदेश अन्तरगतका आयोगहरू लाई समानुपातिक समावेशी को सिधान्त एवं मर्म अनुरुप हुनेगरी सच्याउन मधेश ईन्जिनियर्स एसोसिएसनले जोडदार माँग गर्दछौ। साथै एक हप्ता भित्र नसच्याए हामी लोकसेवा आयोगमा तालाबन्दी गर्न बाध्य हुनेछौं।’

ई संजिव नारायण यादव
अध्यक्ष
मधेश ईन्जिनियर्स एसोसिएसन

  • १८ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech