• ८ आश्विन २०७७, बिहीबार
बोदेबर्साइनको गौरा टोलमा ५ घर जलेर नष्ट , ७ लाखको क्षति
  • स्टुडियाे संवाददाता

 

सप्तरीको बोदेबर्साइन नगरपालिका ३ गौरा टोलमा शनिबार बिहान आगलागि हुँदा ७ लाखको क्षति भएको छ ।

विद्युत सर्ट भई शनिबार बिहान एक कुखुरा फर्मसहित ५ घर खरानी हुँदा आगलागीबाट ७ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।

आगलागिबाट स्थानिय जागेश्वर यादवको कुखरा फर्मका साथै काशेन्द्र यादव, जयनारायण यादव, बिनोद कुमार यादव, शशी यादवलगायतको घर जलेर नष्ट भएको छ ।

आगलागीमा अन्नपात, लत्ताकपडा, भाडावर्तन, कुखुराको चल्ला लगायतका सरसामान पूर्णरूपमा जलेर नष्ट भउको पीडितहरुले बताएका छन्।

राजविराज र शम्भुनाथ नगरपालिकाबाट आएको वारूणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।

  • १८ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech